२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

नेपालगन्जमा बिरामीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु

Logo
प्रकाशित आइतबार, कार्तिक १२, २०८०

 

(ABC-Sanchar)
बाँके । नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ ।

नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ ।

उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताए ।

उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्‍याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृ शिशु मृत्युदर घटाउन प्रभावकारी भएको उनको भनाइ छ ।

उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए ।

‘अस्पतालसम्म पुग्न बिरामीले कुनै कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार जनताको सुख, दुःखमा सँगसँगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो’, उनले भने, ‘चौबीसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स ‘स्ट्याण्डबाई’ रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पुर्‍याउने व्यवस्था गरेका छौँ ।’

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले उपमहानगरपालिकाले स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए ।

उनका अनुसार उपमहानगरपालिकाले नगरका २३ वडालाई लक्षित गरेर वडा नं ४ मा पहिलो पटक एक जना एमबिबीएस चिकित्सक र ल्याब टेक्निसियनसहित स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ ।

‘विशेषज्ञ सेवाका लागि नेपालगन्जमै भेरी अस्पताल रहेकाले नागरिकको स्वास्थ्य प्रवर्द्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ’, उनले भने, ‘अहिले विकराल बन्दै गएको नसर्ने रोगको अवस्थालाई मध्यनजर गरी केन्द्रबाट नगरवासीलाई स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम तथा सेवा प्रवाह गरिएको छ ।’

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै हुँदै गएकाले शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक रूपमा स्वस्थ भए मात्र मानिस स्वस्थ हुने भएकाले स्वास्थ्य प्रवर्द्धनका लागि सबैले पैरवी गर्ने बेला आएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) तनहुँ । करिब दुई महिनाअघिदेखि फैलिएको डेँगी दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै तनहुँमा १८२ जना नयाँ डेँगी सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्लामा सोमबारसम्म ६ हजार ४८४ जना डेँगी सङ्क्रमित रहेकोमा वृद्धि भई ६ हजार ६६६ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले […]

  (ABC-Sanchar) बझाङ । सदरमुकाम चैनपुरमा रहेको न्यू चैन मेडिकलले सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमतिविना औषधी बिक्रीवितरण गर्ने गरेको खुलेको छ। आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषध र पसल सञ्चालक पक्राउ गरेसँगै उक्त जानकारी प्रहरीले पाएको हो। सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँगको बयानका क्रममा चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री […]

  (ABC-Sanchar) बाँके । नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ । उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले […]