२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल ठोक्किँदा १३ जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, कार्तिक १३, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित विजयनगर जिल्लामा दुईवटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्।

गम्भीर घाइतेको संख्या बढी भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। त्यहाँको मण्डल रेल प्रबन्धकका अनुसार हावडा–चेन्नई रुटमा विशाखापट्टनम–पलासा यात्रु रेल र विशाखापट्टनम–रायगढा यात्रु रेल आपसमा ठोक्किएका थिए। दुर्घटनामा रेलका तीनवटा डिब्बा क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन्।

दुर्घटनापछि यो मार्गमा चल्ने झण्डै ४० वटा रेल प्रभावित भएका छन्। २२ वटा रेललाई डाइभर्ट गरिएको र १८ रेल रद्ध गरिएको जनाइएको छ।

गत २ जुनमा भारतको ओडिसास्थित बालासोरमा भएको रेल दुर्घटनामा झण्डै ३ सय जनाको मृत्यु भएको थियो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।