२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबारदेखि सुनुवाइ हुने

Logo
प्रकाशित सोमबार, कार्तिक १३, २०८०

 

(ABC-Sanchar)
कतिपयले । गत असोज २५ गते प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासले आधा दिन सुनुवाइ गरेर हेर्न नमिल्ने भन्दै कात्तिक १४ गतेका लागि पेसी तोकेको हो । सर्वोच्चका न्यायाधीश मनोज शर्माको इजलासले गत असोज १९ मा प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलास गठन गरी निरन्तर सुनुवाइ गरेर मुद्दाको शीघ्र टुंगो लगाउन आदेश दिएको थियो। तर असोज २५ मा प्रधानन्यायाधीश श्रेष्ठसहितको इजलासले यस्तै प्रकृतिको मुद्दामा पहिले आदेश र फैसला गरिसकेकाले हेर्न नमिलेको भन्दै दसैं विदालगत्तै पेसी तोकी निरन्तर सुनुवाइ गर्ने आदेश भएको थियो ।

जघन्य अपराध गरेकालाई राजनीतिक संलग्नताका आधारमा कैदमाफी दिने प्रवृत्तिले न्याय प्रणाली नै नरहने भन्दै राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाजलगायतले रिगल भनिने योगराज ढकालको कैद मिनाहाको विरोध गरेका थिए ।

साथै कैदमाफीको निर्णय खारेज गर्नुपर्ने भन्दै आइतबारदेखि पुन: अनसन सुरु गरेकी भारती शेर्पा आज बेहोस भएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएकी छन् । आफ्ना पूर्वपति चेतन मानन्धरको हत्यारा बाँकेका रिगलले सरकारबाट पाएको कैदमाफीको विरोधमा उनी माइतीघर मण्डलमा अनसनमा बसेकी थिइन् ।

रिगलले २०७२ साल असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]