१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

नेपालमा प्रतिबन्धित औषधी बेच्ने मेडिकल सञ्चालक पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

 

(ABC-Sanchar)
बझाङ । सदरमुकाम चैनपुरमा रहेको न्यू चैन मेडिकलले सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमतिविना औषधी बिक्रीवितरण गर्ने गरेको खुलेको छ। आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषध र पसल सञ्चालक पक्राउ गरेसँगै उक्त जानकारी प्रहरीले पाएको हो।

सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँगको बयानका क्रममा चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गरिरहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त बयानका आधारमा मेडिकलका सञ्चालक प्रविन मण्डललाई पनि पक्राउ गरेको छ।

उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर हिरासतमा राखेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज दाङले आज दाङका आयुर्वेद स्वास्थ्यकर्मी प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला अधिबेशन सम्पन्न गरेको छ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष शोभाकान्त अधिकारीको अध्यक्षता एवम् राप्ती आयुर्वेद चिकित्सालय, तुल्सीपुरका प्रमुख डा. मदन कुमार बी सीको प्रमुख आतिथ्यता तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज , लुम्बिनी प्रदेश कार्य समितिका अध्यक्ष मोहनसिंह सुनार र […]

काठमाडौं । शरीरलाई फिट राख्नको लागि खाना खान जरुरी हुन्छ । यसले हाम्रो शरीरमा पोषकतत्व प्राप्त हुन्छ । यसमा भिटामिन, मिनरल र एन्जाइम पाइन्छ । जुन स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । फलफूल स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । शरीरलाई रोगबाट बचाउने पोषकतत्वहरु फलबाट नै पाइन्छ । यसले पाचनसँग सम्बन्धित समस्याहरु कम गर्छ । धेरै […]

काठमाडौं । प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहरू पनि प्रदान गर्दछ। गर्मीका दिनहरूमा पसिनाको माध्यमबाट शरीरबाट पानी र आवश्यक खनिजहरू निरन्तर बाहिर निस्कने गर्दछन्, जसले गर्दा डिहाइड्रेशन (पानीको कमी) को जोखिम बढ्छ। यस्तो बेला नरिवल पानीले प्राकृतिक ड्रिंकको रूपमा काम गर्छ र शरीरलाई […]