२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

निजी एयरलाइन्सले मनपरी टिकट वितरण पहुँचका भरमा हवाई टिकट यात्रुहरुले सास्ती भोग्दै

Logo
प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

 

(ABC-Sanchar)
बाँके । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलबार दुई उडान भरेपनि दोस्रो फ्लाइटको टिकट मनपरी वितरण गरेको यात्रुको गुनासो छ । पहिलो उडान नेपालगञ्ज गरेर विकट जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पुगेपनि एयरलाइन्सका कर्मचारीले फोन र फेसबुक म्यासेन्जरका आधारमा टिकट वितरण गरेको पीडित यात्रु बताउँछन् ।

पहिलो फ्लाइटको टिकट सबैलाई मिलाएर वितरण गरेपनि दोस्रो फ्लाइटको टिकट कर्मचारीले मनपरी वितरण गरेको आरोप छ । एक हप्तादेखि टिकटका लागि सिमकोट विमानस्थलमा पुगे पनि फोनका आधारमा पहुँचवालाले मात्रै टिकट पाउने गरेको यात्रु राजबहादुर परियार बताउँछन् । निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेको उनको भनाई छ । कर्णाली प्रदेशको सुर्खेतमा कात्तिक १८ गते हुने अध्यापन अनुमतिपत्रको परीक्षा दिन जाने विद्यार्थी बढी मर्कामा परेको परियार बताउँछन् ।

यस्तै खार्पुनाथ गाउँपालिका–३ का हस्ता रावल सिमकोट विमानस्थलमा टिकटका लागि गत हप्तादेखि धाए पनि नपाएको गुनासो गर्छन् । निजी एयरलाइन्सका कर्मचारीले टिकटका लागि धाउँदा सामान्य सर्वसाधरणको कुरा नै नसुन्ने गरेको उनी बताउँछन् । सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको हो । समिट एयरलाइन्सले दैनिक नियमित एक उडान भरेको अन्य सीता तथा तारा एयरलाइन्सले पछिल्ला केही दिनयता फाट्टफट्ट उडान भरे पनि मनपरी टिकट वितरण गर्ने गरेको यात्रुको गुनासो छ ।

नेपाल एयरलाइन्सले गत शुक्रबार, शनिबार र आइतबार उडान भरेको थियो । तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठाबाटै र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारण बताउँछन् । जिल्लाका तल्लो क्षेत्रका हुम्लीलाई बाहिर जान सिमकोट पुगे पनि टिकट पाउन समस्या हुनाका साथै टिकटको पैसा होटलमा बास बसेर खाना खाँदैमा जाने गरेको गुनासो यात्रु रावलको छ । दसैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ । बिहान ६ बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको उनी बताउँछन् ।

सुर्खेतभन्दा नेपालगञ्ज जान हुम्लाबाट उडान अझ महँगो रहेको छ । त्यस्तै नेपालगञ्ज जाँदा रु नौ हजार एक सय १५ तिर्नुपर्छ । दसैँ मनाउन हुम्ला पुगेका विद्यार्थी, रोजगारीको सिलसिलामा जिल्ला बाहिर बस्दै आएका नागरिक तथा बिरामीलगायतलाई जिल्ला बाहिर फिर्ता हुन समस्या छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकका कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट […]

  (ABC-Sanchar) काठमाडौं । पछिल्लो समय बिभिन्न काण्डहरु आफ्नो युट्युब मार्फत प्रशारण गरेर चर्चा कमाएका स्टार अनलाईन टिभिका सन्चालक मनोज मानवलाई नेपाल प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको श्रोतले जनाएको छ । पुर्व एआईजि रण बहादुर चन्द र महिला अभियन्ता तारा बराल बिचको सम्बन्धलाई बजारमा ल्याएका मानवले पछिल्लो समय एमालेका युवा नेता महेश बस्नेतको चरित्र हत्या […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई तानेको छ । एसपी खड्कालाई अपराध अनुसन्धान विभागमा तानिएको प्रधान कार्यालयले जनाएको छ । यद्यपी, अहिले नै खड्काको ठाउँमा अर्को एसपीलाई जिम्मेवारी दिइसकेको भने छैन । आरती शाह मृत्यु प्रकरण मुद्दामा विवादमा तानिएपछि एसपी खड्कालाई धनुषाको जिम्मेवारीबाट […]