२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

१५ गतेदेखि देशभरका सबै सरकारी कार्यालयहरु अपराह्न ४ बजेसम्म मात्र खुल्ने

Logo
प्रकाशित बुधबार, कार्तिक १५, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।

 

यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।

गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि आज (बुधबार) कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकका कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट […]

  (ABC-Sanchar) काठमाडौं । पछिल्लो समय बिभिन्न काण्डहरु आफ्नो युट्युब मार्फत प्रशारण गरेर चर्चा कमाएका स्टार अनलाईन टिभिका सन्चालक मनोज मानवलाई नेपाल प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको श्रोतले जनाएको छ । पुर्व एआईजि रण बहादुर चन्द र महिला अभियन्ता तारा बराल बिचको सम्बन्धलाई बजारमा ल्याएका मानवले पछिल्लो समय एमालेका युवा नेता महेश बस्नेतको चरित्र हत्या […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई तानेको छ । एसपी खड्कालाई अपराध अनुसन्धान विभागमा तानिएको प्रधान कार्यालयले जनाएको छ । यद्यपी, अहिले नै खड्काको ठाउँमा अर्को एसपीलाई जिम्मेवारी दिइसकेको भने छैन । आरती शाह मृत्यु प्रकरण मुद्दामा विवादमा तानिएपछि एसपी खड्कालाई धनुषाको जिम्मेवारीबाट […]