२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

इन्डियामा गहुँको भाउ बढ्यो नेपालमा पनि बढने तयारीमा

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक २०, २०८०

(ABC-Sanchar)
काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ ।

भारत सरकारले नेपालमा ३ लाख मेट्रिक टन गहुँ निकासी गर्ने कोटा स्वीकृत गरे पनि अहिलेसम्म १ लाख टन मात्र आएको छ । अहिले भारतमै गहुँको माग धेरै भएकाले मूल्य बढेको छ । नेपाललाई कोटा दिँदा भारतमा गहुँको मूल्य प्रतिकिलो भारू २३ रहेकोमा अहिले भारू २८ पुगेको छ । नेपाल

फ्लोर मिल एशोसिएशनका उपाध्यक्ष विकासकुमार बेगवानीले अहिले नेपालकै गहुँको मूल्य वृद्धिले आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको बताए । भारतबाट आयात हुन बाँकी कोटाको गहुँको पनि भाउ बढिसकेकाले गहुँजन्य उत्पादनको मूल्य अझै माथि जाने उनको भनाइ । बेगवानीका अनुसार भारतमा भारु २८ परेको गहुँको लागत नेपाल आइपुग्दा ५५ रुपैयाँ पुग्छ ।

नेपालमा गहुँको मूल्य किलोमा ५ रुपैयाँ बढ्दा मैदा, आँटा, सुजी र चोकर किलोको १० रुपैयाँ महँगिइसकेको छ । गहुँको लागत ५५ रुपैयाँ पुग्दा मैदा, आँटा, चोकर र सुजीको भाउ थप १० रुपैयाँ बढ्ने बेगवानीले बताए ।

भारतको सरकारी स्वामित्वको फुड कर्पोरेशन अफ इन्डियाले गहुँको मौज्दात घटेको भन्दै मूल्य बढाएको हो । भारतमा आगामी वर्ष निर्वाचनसमेत रहेकाले किसानले फसलबाट बढी रकम पाउन् भन्ने उद्देश्यले कर्पाेरेशनले मूल्य बढाइदिएपछि अहिले भारतीय बजारमा समेत गहुँको अभाव सृजना भएको बताइन्छ । कोटाको गहुँ उत्तरप्रदेश, मध्यप्रदेश र पञ्जाबबाट समेत ल्याउनुपर्ने भएकाले ढुवानी खर्च बढ्ने बेगवानीले बताए ।

एशोसिएशनका केन्द्रीय अध्यक्ष कुमुद दुगडले भैरहवा, वीरगञ्ज र नेपालगञ्जमा पनि गहुँको मूल्य बढेको बताए । दशैंअघिसम्म क्वीन्टलको २ हजार ९०० रुपैयाँ रहेको गहुँको भाउ दशैंलगत्तै ३ हजार २०० रुपैयाँ पुगेको उनले बताए । यसले गहुँबाट बन्ने सबै उत्पादनको मूल्य १५ प्रतिशत बढाएको दुगडले जानकारी दिए । उनले भारतमा पनि गहुँको भाउ बढेकाले आयातको गहुँले समेत उत्पादनको मूल्य बढाउने बताए । भारतबाट कोटामा आएको १ लाख टन गहुँ र नेपालमै मौज्दात रहेको गहुँको कारण बीचका केही महीना आफूहरूले घाटामा उत्पादन विक्री गरेको उनको दाबी छ । भारतबाट आउन बाँकी कोटाको २ लाख मेट्रिक टन गहुँ तिहारपछि आउन थाल्ने उनको भनाइ छ ।

गोमती फुड्सका सञ्चालक हरिवंश राठीले नेपाली गहुँ वैशाख पहिलो साताबाट मात्रै बजारमा आउने भएकाले अझै ६ महीनालाई पुग्ने गरी भारतबाट गहुँ ल्याउनुपर्ने अवस्था रहेको बताए । उनका अनुसार नेपालमा रहेका ४० ओटा मैदा मिल र ३० ओटा साना आँटा मिलले वार्षिक ९ लाख मेट्रिक टन गहुँ खपत गर्छन् । नेपालमा वार्षिक ३ लाख टन गहुँ उत्पादन हुन्छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]

  (ABC-Sanchar) दाङ । दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा हेर्दा जिल्लाका दशवटै पालिकाले नदीजन्य पदार्थको राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था निकै दयनीय देखिएको छ । दाङका दुई उपमहानगरपालिकाले लक्ष्यभन्दा धेरै कम राजस्व सङ्कलन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ […]