२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

नेपालमा दर्ता नभएका मोबाइल सोमबार देखि नचल्ने दर्ता गरेर मात्र चल्ने

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक २०, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ । यो प्रणाली लागू भएसँगै नेपालमा दर्ता नभएका मोबाइल चल्ने छैनन् । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले यो प्रणाली लागू गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने लागिएको जनाएको छ । गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि पूर्ण सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिइएको र अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जाने उनले बताए । प्राधिकरणले एमडिएमएस लागू गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको जनाउँदै त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएकाले त्यस्ता सेट सञ्चालनमा रोक लगाइने स्पष्ट पारेको छ । एमडिएमएस प्रणालीका लागि प्राधिकरणले सञ्चालनमा ल्याएको mdms.nta.gov.np मा गएर मोबाइल दर्ता भएरनभएको हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । नोभेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । जसअनुसार भारतबाट २४ हजार ४४३ जना नेपाल आएका थिए । त्यस्तै अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१ जना नेपाल घुम्न आएका छन् । […]

  (महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाबीचको वैठकमा निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोक्ने क्रम बढेपछि अबदेखि यात्रु बोक्न प्रतिबन्ध लगाइने भएको हो । रातोलाई कालो नम्बर प्लेट बनाउन लगाउने र त्यसका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको नगर प्रमुख […]

नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार शनिवारदेखि सुरु (ABC-Sanchar) काठमाडौं । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिवार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । […]