२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दुई वटा चिनियाँ सेनाको जहाज पोखरा आउने

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक २२, २०८०

( एबिसि संचार )                                            भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिने सहयोग सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज पोखरा आउने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे जहाज ल्यान्ड हुनेछ । यहाँबाट नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने छ । ‘ह्युमनेटिरियन फ्लाइट भनेको छ । साढे ९ बजे आउने कुरा भएको थियो,’ विमानस्थल प्रवक्ता जसोदा रेग्मीले भनिन्, ‘केही समय अगाडी हुने कुरा पनि छ ।’ उनले दुई वटा जहाज आउने पुष्टि गरिन् । जहाजमा सामान ल्याउने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा आउँदै छन् । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्रीलाई हस्तान्तरण गर्ने बुझिएको छ ।चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ । चीनको छेन्दुबाट जहाज उड्नेछ । यसअघि सिचुवान एयरलाइन्सको जहाज असारमा पोखरा आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]