२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

एक युट्युवर मनोज मानवले महिलालाई अश्लील गाली गर्दै धम्क्याएको अडियो सार्वजनिक

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतको चरित्र हत्या गर्दै धम्क्याएर बार्गेनिङको प्रयास गर्ने युट्युवर मनोज मानवले रक्सी खाएर विभिन्न व्यक्तिलाई धम्क्याउने र बार्गेनिङ गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

विभिन्न व्यक्तिलाई रक्सी खाएर छाडा बोल्दै मानवले धम्क्याउने गरेको अडियो सार्वजनिक भएको छ । एक महिलालाई रक्सी खाएर मनोजले अश्लील शब्द प्रयोग गर्दै धम्क्याएपछि ती महिलाले उनको धम्कीको प्रतिवाद गरेको अडियो सनराइज खबरलाई प्राप्त भएको छ ।

 

मनोज तिनै व्यक्ति हुन् जसले एमाले नेता महेश बस्नेतलाई धम्क्याएर बार्गेनिङको दुष्प्रयास गरेका थिए । बस्नेतलाई धम्क्याएको अडियो इडिट गरेर दुई दिन अघि उनले बस्नेत विरुद्ध भ्रामक प्रचारको प्रयास गरेका थिए ।

रक्सीले मातेका मनोजले मसँग मिल्नु भएन भने एक इञ्च पनि अघि बढ्न दिन्न भन्दै बस्नेतलाई धम्क्याउने प्रयास गरेका थिए । तिनै मनोजले एक महिलालाई अति अश्लील शब्द प्रयोग गर्दै बार्गेनिङ गरेका छन् । सनराईज खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]