२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

इजरायली हमलामा दर्जनौं मारिए

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले बिहीबार बिहान उत्तरी गाजाको जबलियामा इजरायली बमबारीमा महिला र बालबालिकासहित कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको जानकारी दिएको छ।

समाचार अनुसार शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनलाई ध्वस्त पार्ने क्रममा भएको सो आक्रमणमा परी दर्जनौं घाइते भएका छन्।

वाफाको रिपोर्ट अनुसार इजरायली विमानले जबलियाको अल-यमन अल-सईद अस्पतालको छेउमा एउटा नागरिक कारलाई निशाना बनाएको थियो, जसमा १९ व्यक्तिको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए।

जबलियाको एक घरमा बम विष्फोट भएपछि थप पाँच जनाको शव इन्डोनेसियाली अस्पताल र दुई जनाको कमल अडवान अस्पतालमा लगिएको थियो।

उता, गाजाको पश्चिमी भागमा रहेको अल-सब्रामा पनि कम्तीमा आठ जनाको मृत्यु भएको बताइएको छ।

यसैबीच, खान युनिसको पूर्वमा रहेको बानी सुहैला सहरमा रहेको अबु तैम परिवारको घरमा छुट्टाछुट्टै आक्रमणमा एक बालकसहित १० जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!