०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

नेपालमा भित्रियो ३ खर्ब ६५ अर्ब रेमिटेन्स

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो महिना असोजमा तीन खर्ब ६५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ खर्ब ८१ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको थियो। यस वर्ष मासिक औसत एक खर्ब २१ अर्बको दरमा रेमिटेन्स भित्रिरहेको छ।

असोजको एक महिनामै भने एक खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको हो।

यो तीन महिनामा नयाँ गन्तव्यको लागि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको यही अवधिको तुलनामा भने २१ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिमा जानेको संख्या २ लाख ५ हजारभन्दा धेरै हुँदा चालु आर्थिक वर्षको असोजसम्ममा भने एक लाख ६२ हजार छ।

गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या सात लाखभन्दा धेरै पुगेको थियो। गत वर्ष बढेको यो संख्याकै कारण रेमिटेन्स भित्रिने दरमा वृद्धि देखिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

उत्तर प्रदेशका मुख्यमन्त्री *योगी आदित्यनाथ*ले भारत र नेपालबीचको सम्बन्धलाई *साझा सांस्कृतिक र ऐतिहासिक विरासत*को रूपमा व्याख्या गरेका छन्। उनले दुवै देशका नागरिक, विशेष गरी नेपाली नागरिकको आवतजावतमा समस्या नहोस् भनेर सीमामा पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्। *उनको भनाइको मुख्य बुँदा:* 1. *साझा विरासत*: भारत र नेपालको सम्बन्ध धर्म, संस्कृति, रोटी-बेटीको नाताले जोडिएको छ। यो […]

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

error: Content is protected !!