०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

सर्वोच्चसहितका अदालत अब मंसिर १ गते मात्र खुल्ने

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

( एबिसि संचार )                                              सर्वोच्चसहितका अदालत अब मंसिर १ गते मात्र खुल्ने भएका छन् । सर्वोच्च अदालतले सूचना प्रकाशन गरी शुक्रबारको सुनुवाइपछि एकैपटक मंसिर १ गते मात्र अदालत खुल्ने जानकारी गराएको हो ।दीपावली पर्वका लागि यही कात्तिक २६ देखि ३० गतेसम्म सर्वोच्च अदालत बन्द रहने सूचनामा भनिएको छ । सर्वोच्च अदालतले भाइटीकाको दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनवाइ हुने भन्दै हरेक दिनका लागि न्यायाधीश तोकेको छ ।सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनवाइ गर्न आइतबार न्यायाधीश प्रकाशमानसिंह राउत, सोमबार सपनाप्रधान मल्ल, मंगलबार हरिप्रसाद फुयाल र बिहीबार हरिप्रसाद फुयाललाई तोकेको छ ।मातहतका अदालतहरूले सर्वोच्चकै सूचनाको आधारमा आआफ्ना अदालतमा बिदा दिने र बन्दी प्रत्यक्षीकरणसहितका निवेदनमा सुनुवाइ गर्न न्यायाधीश तोक्ने गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

उत्तर प्रदेशका मुख्यमन्त्री *योगी आदित्यनाथ*ले भारत र नेपालबीचको सम्बन्धलाई *साझा सांस्कृतिक र ऐतिहासिक विरासत*को रूपमा व्याख्या गरेका छन्। उनले दुवै देशका नागरिक, विशेष गरी नेपाली नागरिकको आवतजावतमा समस्या नहोस् भनेर सीमामा पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्। *उनको भनाइको मुख्य बुँदा:* 1. *साझा विरासत*: भारत र नेपालको सम्बन्ध धर्म, संस्कृति, रोटी-बेटीको नाताले जोडिएको छ। यो […]

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

error: Content is protected !!