०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

५ जना एसपी एसएसपीमा बढुवा सिफारिस

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

( एबिसि संचार )                                                        नेपाल  प्रहरीका ५ जना प्रहरी उपरीक्षकहरु (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार ५ जना प्रहरी उपरीक्ष (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएपी) मा बढुवा सिफारिस भएका हुन् ।गृहमन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा सिफारिस हुनेहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा कार्यरत बसन्त रजौरे, नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत रविकुमार पौडेल,काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नं २ महाराजगञ्जमा कार्यरत नवीनराज राई, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, मानवश्रोत व्यवस्थापन महाशाखा दाङमा कार्यरत वीरबहादुर ओली र काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत चन्द्रदेव राई रहेका छन् ।सचिवालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

उत्तर प्रदेशका मुख्यमन्त्री *योगी आदित्यनाथ*ले भारत र नेपालबीचको सम्बन्धलाई *साझा सांस्कृतिक र ऐतिहासिक विरासत*को रूपमा व्याख्या गरेका छन्। उनले दुवै देशका नागरिक, विशेष गरी नेपाली नागरिकको आवतजावतमा समस्या नहोस् भनेर सीमामा पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्। *उनको भनाइको मुख्य बुँदा:* 1. *साझा विरासत*: भारत र नेपालको सम्बन्ध धर्म, संस्कृति, रोटी-बेटीको नाताले जोडिएको छ। यो […]

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

error: Content is protected !!