१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

नेपालगन्जमा रातो नम्बर प्लेटका इ–रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध

Logo
Abc Sanchar प्रकाशित शनिबार, कार्तिक २५, २०८०

 

(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाबीचको वैठकमा निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोक्ने क्रम बढेपछि अबदेखि यात्रु बोक्न प्रतिबन्ध लगाइने भएको हो ।

रातोलाई कालो नम्बर प्लेट बनाउन लगाउने र त्यसका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ–रिक्सा रातो नम्बर प्लेटमा चलिरहेकोले ती इ–रिक्सालाई कालो नम्वर प्लेट बनाउन लगाउने र त्यसका लागि सम्बन्धित सवारी धनीलाई जानकारी गराउन १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र पर्ने इ–रिक्सा चलाउने अधिकांश चालकहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) विना नै इ–रिक्सा चलाइरहेकले ती चालकलाई लाइसेन्स दिलाउनका लागि नेपालगन्ज उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी लगायत सम्पूर्ण सरोकारवालाको समन्वयमा सहजीकरण गरिदिने निर्णय भएको छ । रातो नम्बर प्लेटका इ–रिक्सालाई कालो नगराएको अवस्थामा प्रचलित कानुन बमोजिम कार्वाही गरिनेछ ।

यस्तै फोहोरमैलामैला व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवालाबीच समन्वय वैठक बसी समाधान गर्ने निर्णय समेत भएको नगर प्रमुख विष्टले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । नोभेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । जसअनुसार भारतबाट २४ हजार ४४३ जना नेपाल आएका थिए । त्यस्तै अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१ जना नेपाल घुम्न आएका छन् । […]

  (महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाबीचको वैठकमा निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोक्ने क्रम बढेपछि अबदेखि यात्रु बोक्न प्रतिबन्ध लगाइने भएको हो । रातोलाई कालो नम्बर प्लेट बनाउन लगाउने र त्यसका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको नगर प्रमुख […]

नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार शनिवारदेखि सुरु (ABC-Sanchar) काठमाडौं । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिवार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । […]