०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

सांसद डा. तोशिमा कार्कीले जाजरकोट अस्पताललाई एक महिनाको तलब सहयोग गर्ने

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक २८, २०८०

(ABC-Sanchar)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोशिमा कार्कीले जाजरकोट अस्पताललाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अस्पताललाई चाहिने सामान जुटाउनका लागि सहयोग गर्ने घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत नै संघीय तथा प्रादेशिक स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्नका लागि ध्यानाकर्षण गराउँदै मनकारी नेपालीजनलाई सहयोग गर्नका लागि पनि अपिल गरेकी छन् ।

कार्कीले लेखेकी छन्, ‘जाजरकोट अस्पतालमा उपकरण थप्ने विषयमा केही साथीहरूले मलाई सांसद विकास कोषबाट गर्नुस् न भन्नुभएको रहेछ। पुनस् जानकारी गराउँछु, त्यो निर्वाचन क्षेत्र विकाष कोष र सांसद विकास कोष सर्वोच्च द्वारा रोक्का भरसकको अवस्था छ । यद्दपी मेरो एक महिनाको तलब यो अस्पताललाई चाहिने सामान जुटाउनमा सेवाभाव साथ सानो सहयोग गर्नेछु । नेपाल सरकार स्वास्थ्य मन्त्रालय (सङ्घ, प्रदेश)लाई पनि ध्यानाकर्षण गराएको छु । हजुरहरू मनकारी नेपालीजनले पनि सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ । आशा छ चाँडै नै जाजरकोट जिल्ला अस्पतालमा विशेषज्ञ सेवा सहित आईसीयु सञ्चालन सुरु गर्न सकिनेछ ।’

जाजरकोट अस्पतालमा उपकरण थप्ने विषयमा केही साथीहरूले आफुलार्य सांसद विकास कोषबाट सहयोग गर्न अनुरोध गरेको भए पनि निर्वाचन क्षेत्र विकाष कोष र सांसद विकास कोष सर्वोच्च अदालतले रोक लगाइसकेको भन्दै एक महिनाको तलब सुविधा उपलब्ध गराउने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

error: Content is protected !!