०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

इजराइली सेनाद्वारा गाजा अस्पतालमा आक्रमण सयौंको मृत्यु हुनसक्ने अनुमान

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक २९, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ।

इजराइली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन् । इजराइल डिफेन्स फोर्स (आइडिएफ) ले आफ्नो सेनाले उक्त अस्पतालको ‘निर्दिष्ट क्षेत्रमा हमासविरुद्ध सटिक र लक्षित’ कारवाही गरिरहेको बताएको छ ।

अस्पतालभित्र रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अधिकारी युसेफ अबुल रेसले अस्पताल परिसरभित्र ट्याङ्क तथा आकस्मिक र स्वागत भवनहरूमा दर्जनौँ सैनिक र कमान्डोहरूलाई देख्न सकिने एएपफीलाई बताएका छन् ।

अल–शिफा अस्पताललाई ‘सुरक्षित गरिनुपर्छ’ भन्ने अमेरिकाको कडा चेतावनीपछि इजराइलले गुप्तचर सूचना र ‘अपरेसनल आवश्यकता’ का आधारमा छापा मारिएको बताएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण उक्त अस्पताल परिसरभित्र रहेका छन् ।

प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् । एनेस्थिटकबिना नै चिकित्सा प्रक्रियाहरू भइरहेको भन्दै उनीहरूले खानेकुरा तथा पानीको अभाव भएका परिवारहरू कोरिडोरमा बस्ने गरेका र सडेका शवका दुर्गन्ध फैलिरहेको बताएका छन् । अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले भने, ‘अस्पताल परिसरमा शवहरू छरपस्ट छन् र शवगृहमा अब बिजुली छैन ।’

कमान्ड पोस्ट र हतियार भण्डारण गर्न हमासले अस्पताललाई ढालका रूपमा प्रयोग गर्दै आएको इजराइलले लगातार दाबी गर्दै आएको छ तर उक्त दाबीलाई हमासले अस्वीकार गरेको छ । सेनाले हमासको उक्त प्रयोगले अस्पतालको ‘अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित स्थिति’ लाई ‘जोखिम’ मा पारेको बताएको छ ।

प्यालेस्टिनी लडाकू समूहले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अल–शिफा अस्पतालमा इजराइली आक्रमणका लागि ‘पूर्णरूपमा जिम्मेबार’ भएको आरोप लगाएको छ । गाजामा कुनै अधिकार नभएको तर ऐतिहासिकरूपमा प्यालेस्टिनीहरूको प्रतिनिधि निकाय प्यालेस्टिनी प्राधिकरणले ‘अस्पतालभित्र गरिएको नरसंहारविरुद्ध’ चेतावनी दिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!