२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ड्रोन क्यामराको निगरानीका साथ भव्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक ३०, २०८०

(एबिसि संचार )

कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा तिहार (दिपावलीको) आवसरमा स्थापना गरिएका लक्ष्मी, गणेश , सरस्वती लगायतका मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ ।

कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर दिपावलीमा धर्मशास्त्र अनुसार पुजापाठ गरी भाई टीकाको भोलीपल्ट मूर्ति विसर्जन गरिएको हो ।

तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले तिहार (दिपावली) धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको थियो । सुरक्षा व्यवस्था मिलाउनका लागि प्रहरीले ड्रोन क्यामरा मार्फत निगरानी समेत गरि रहेको थियो।

कृष्णनगरमा बजार क्षेत्र हुदै जाने दश भन्दा बढी स्थानमा पुजापाठ गरी स्थापना गरिएका मूर्तिहरु सुरक्षा दिई शान्तिपूर्वक विसर्जन भएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख लक्ष्मण ओलीले जानकारी दिनुभएको छ  ।  मूर्ति विसर्जनको क्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, हिन्दु भक्तजनहरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]