ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले उपरथी पाण्डेको राजीनामा आएको पुष्टि गरे।
पाण्डेले बिहीबार नै प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएका थिए। उनको राजीनामा पत्रलाई नेपाली सेनाले रक्षा मन्त्रालयमा पठाएको छ।
बढुवा सिफारिसमा परेपछि उपरथी ताराध्वज पाण्डे विवादमा परेका थिए। स्रोतका अनुसार उमेर कीर्ते प्रकरणमा जंगी अड्डाले छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ। बलाध्यक्ष रथी सीताराम खड्काको नेतृत्वमा तिन सदस्यीय छानबिन समिति गठन भएको छ।