०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

सेनाभित्र नयाँ प्रधान सेनापतिको खोजी

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर ०१, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनाले भावी प्रधानसेनापतिको रूपमा अघि सारिएका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि भावी प्रधानसेनापतिको खोजी शुरु भएको छ।

प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष कार्यकाल बाँकी हुँदै गर्दा उनीपछिको रोलक्रममा सैनिक जंगी अड्डाले बढुवा सिफारिस गरेका पाण्डेले उमेर विवादका कारण राजीनामा दिएर बाहिरिएपछि सेनाभित्र भावी प्रधानसेनापतिको खोजी शुुरु भएको हो।

रथी सरोजप्रताप राणा अनिवार्य अवकाशमा गइसकेको र आगामी पुस ३ गतेबाट अर्का रथि सिताराम खड्का पनि अनिवार्य अवकाशमा जाने भएकाले सैनिक मुख्यालयले पाण्डेको राजिनामापछि अर्को उपरथीलाई बढुवा सिफारिस गर्न सकेको छैन।

राणाको अवकाशपछि पाण्डे र खड्काको अवकाशपछि अशोकराज सिग्देल स्वतः रथी बढुुवाको लाइनमा थिए। त्यही अनुरुप पाण्डेलाई सैनिक मूख्यालयले अघि सारेको थियो। तर पाण्डेको उमेर विवादले राजीनामा दिन बाध्य पार्‍याे।

हालका प्रधानसेनापति शर्मा आगामी भदौ २४ गते ३ वर्षे कार्यकाल पूरा गरी अवकाश हुनेछन्। त्यसपछि नेपाली सेनाको ४५औं प्रधानसेनापतिको कमाण्डमा कसलाई ल्याउने भन्नेमा सैनिक मुख्यालय अन्यौलमा परेको छ।

सेनामा अहिलेसम्म वरीयतामा एक नम्बरमा रहेका रथी नै सेनाको प्रधानसेनापति बन्ने परम्परा रहेको छ। जसअनुसार उपरथि सिग्देल पहिलो वरियतामा रहेका छन्।

जानकारहरुका अनुसार बढुवा सिफरिसान पर्नुअघि नै जंगी अड्डाले उनको पनि सरकारी कागत छानवीन गर्ने तयारी गरेको छ। ‘उपरथिमा बढुवा हुनुुअघि उहाँको कागाजातहरु छानवीन गर्ने तयारी छ’, सैनिक मुख्यालय स्रोतले भन्यो।

उनको पनि उमेर विवाद रहेको समाचार प्रकासित भएपछि सेनाले त्यसमा चासो दिएको हो। हाल सेनामा एनडिसी (नेसनल डिफेन्स कलेज) कोर्स नेतृत्वमा पुग्नका लागि महत्वपूर्ण खुड्किलो मानिन्छ।

सेनामा सहायक कार्यकारी भइसकेपछि करिब एक वर्षको एनडिसी कोर्स गरेपछि मात्र उपरथी हुन पाइने व्यवस्था छ। हालसम्म नेपाली सेनाको सहायक रथीहरू सीमित कोटामा प्रतिस्पर्धा गर्दै एनडिसी कोर्स गर्नका लागि विदेश जानुपर्नेछ।

नेपाली सेनाका उच्च अधिकृतहरुको बढुवाको समयमा नागरिकता र शैक्षिक प्रमाणपत्र ‘कैफियत’ छ कि छैन भनेर सधै परीक्षण गर्ने गरिन्छ। उच्च अधिकारीहरुले जागिर लम्ब्याउन र माथिल्लो तहमा पुुग्नेक्रममा नक्कली प्रमाणपत्र रोग रहेकाले यसमा छानवीन हुँदै आएको थियो।

सेनाका नक्कली नागरिकता र शैक्षिक प्रमाणपत्रलाई छानबिन गर्ने आँट केही वर्षअघि तत्कालीन रक्षा सचिव ईश्वरी पौडेलले गरेका थिए। तर, उनको त्यो आँट पनि केही समय मात्र देखिएकाले सेनाभित्र नक्कली प्रमाणपत्रधारी उच्च अधिकारी अझै रहेको स्रोतले जनाएको छ।

राजीनामा दिएर बाहिरिएका पाण्डेको पनि यसअघि छानवनि गरिएको थियो। त्यसक्रममा हाल बहालवाला रहेका उपरथि सिग्देलको पनि छानवीन गरेको थियो। त्यतिबेला दुवैलाई सफाई दिएको भएपनि पाण्डेको विवाद बाहिरिएपछि राजीनामा दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

error: Content is protected !!