०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

टीकापुर घटनाको रेशम चौधरीलाई कैद माफी दिने सरकारको निर्णयविरुद्धको रिटमा बहस

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर ०१, २०८०

 

(ABC-Sanchar)
काठमाडौँ । टीकापुर घटनामा मुछिएका रेशम चौधरीलाई कैद माफी दिने सरकारको निर्णयविरुद्धको रिटमा आज बहस हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा चौधरीविरुद्धको रिटमा बहस हुन लागेको हो । तिहारअघि न्यायाधीश प्रकाशनमानसिंह राउतको इजलासमा परेको थियो । राउतको इजलासमा २३ र २४ कात्तिकमा लगातार उक्त रिट परेको भए पनि हेर्न नभ्याइने भन्दै तिहारपछिलाई सरेको थियो ।

तिहारको बिदा सकिएलगत्तै पहिलो दिन नै चौधरीविरुद्धको रिटमा सुनुवाइ हुन लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । उक्त निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका परिवारका आफन्तले कैलाली जिल्ला कारागार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्था विभागसहितलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

टीकापुरमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले १६ जेठमा रिट दायर गरेकी थिइन् । गणतन्त्र दिवसको उपलक्ष्यमा १५ जेठमा चौधरीलाई कैद माफी दिइएको थियो । उक्त रिटमा न्यायाधीश राउतको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

संविधान दिवसको उपलक्ष्यमा गत ३ असोजमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालगन्जका चेतन मानन्धरको हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चले उल्ट्याएको छ । सोही कारण चौधरीको रिटलाई पनि निकै चासोका साथ हेरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!