२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

७ जना एसपीको पदमा १२ जना डिएसपीको प्रतिस्पर्धा कोको छ्न दाबेदारहरु ?

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर ०२, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको तयारी गरेको छ । रिक्त भएका सात पदमा १२ डिएसपीबीच चर्को प्रतिस्पर्धा छ ।

पहुँचवाला डिएसपीहरु योग्यता क्रमको अन्तिममा भएकाले एसपी बढुवा पेचिलो बनेको छ । बरियताअनुसार प्रदीप क्षेत्री पहिलो, अंगुर जिसी दोस्रो तथा ढकेन्द्र खतिवडा तेस्रो नम्बरमा छन् । त्यस्तै, यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार र निरञ्जनदत्त भट्ट टप ७ भित्र पर्दछन् ।

अहिलेको वरियतामा पछाडि रहेका डिएसपीहरू राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे शक्तिशाली मानिन्छन् । १२ औँ नम्बरमा रहेका घिमिरे यसअघि प्रधानमन्त्री प्रचण्डको पिएसओ बसेका अधिकृत हुन् । यसअघि नै बढुवामा छुटेकालाई यस पटक जसरी पनि उनलाई बढुवामा समेट्नुपर्ने दबाब गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छ ।

तर, यसअघिको बढुवामा प्रयोग गरिएको मापदण्ड अहिले गृहमन्त्रीलाई नै समस्या बनेको छ । यसअघि एसपीमा बढुवा गर्दा रिक्त पद संख्याअनुसार योग्यता क्रममा परेकालाई मात्र बढुवा गरिएको थियो । त्यही सिद्धान्त अवलम्बन गरे अहिले टप ७ भित्रका मात्र बढुवामा पर्नेछन् । त्यसो गर्दा शक्तिशाली डिएसपीहरु छुट्ने अवस्था छ ।

केपी ओलीको पिएसओ बसेका सन्तोष तामाङ र राजन लिम्बु पनि बढुवाका प्रबल दाबेदार हुन् । उनीहरू टप ७ बाहिर छन् ।
योग्यता क्रममा अघि रहेकाहरू पुरानै मापदण्डअनुसार बढुवा गर्नुपर्ने लबिङमा छन् भने पछि रहेकाहरू भने कार्यक्षमता हेर्नुपर्ने भन्दै बढुवामा पर्न दौडधुपमा लागेका छन् ।

गत साता प्रहरी प्रधान कार्यालयले पाँच एसपीको एसएसपीमा बढुवा गरेको थियो । मंसिरमा एसएसपीको थप एक पद रिक्त हुँदै छ । जस कारण सो पद रिक्त भएपछि मात्र बढुवा हुने सम्भावना रहेका प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]