०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

दाङ प्रहरीले खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर ०२, २०८०

 

ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका १५ गोरखा हस्पिटल रोड नजिकै हिडिरहेको अवस्थामा २१ बर्षीय कृतिक बुढामगरमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ निवासी २४ वर्षीय शैलेश शाह, घोराही उपमहानगरपालिका–१५ निवासी २५ वर्षीय मिस्चल बुढामगर र सोही ठाउँ निवासी २५ बर्षीय नवराज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिएका छन् । प्रहरी निरीक्षक थापाका अनुसार खुकुरी प्रहार गरी फरार भएका तीन जनालाई शुक्रबार दिउँसो १ बजेको समयमा घोराही उपमहानगरपालिका–९ स्थित तेघरामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।

बिहीबार साँझ करिव पौने १० बजेतिर खुकरी प्रहारबाट गम्भीर घाइते भएका कृतिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज हुँदै काठमाडौंको मेडिसिटी अस्पताल लगिएको प्रहरीले जानकारी दिए । पक्राउ परेका तीनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!