०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

पर्सा जिल्लाको बिरगंजमा छठ घाटको सजावट तथा व्यवस्थापनको तयारी पुरा

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर ०२, २०८०

 

(ABC-Sanchar)
पर्सा । बिरगंज छठ पूजा व्यवस्थापन समिति मुर्लीले आयोजना शनिवार एउटा पत्रकार सम्मेलनको आयोजना गरेर टेन्ट पण्डाल, फूल, बत्ती सजावटमा ९ लाख, भिडियो ग्राफमा ७५ हजार, पुरस्कारमा २ लाख ५०, सरसफाइमा १ लाख ५० हजार रुपैयाँ गरी झन्डै २९ लाख रुपियाँ खर्च हुने जनाएको छ खर्च हुने ।

समितिका कोषाध्यक्ष राजेश कुमार गुप्ताले छठ घाटमा आउने व्रतालु, दर्श नार्थी र भक्तजनहरूको सुरक्षा सहजताका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब एक सय ५० जना सुरक्षाकर्मी, सामाजिक युवा एकता क्लब र फ्रेन्डस अर्गनाइजेशन सोसल एक्टिभिटी एन्ड सर्भिसका ५० जना स्वयंसेवक समेत परिचालन गरिएको जानकारी दिए ।

यस्तै छठ घाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको र सादा पोसाकमा पनि प्रहरी परिचालन गरिने समितिका सुरक्षा उपसमितिका संयोजक मदन साह कानुले जानकारी दिए ।

कानुका अनुसार गत वर्षको छठ घाट सजावट र व्यवस्थापनमा ११ लाख रुपैयाँ खर्च भएको थियो । यद्यपि दान र चिट्ठा मार्फतबाट १ लाख ४७ हजार रुपैयाँ बचत पनि भएको थियो ।

समितिका अध्यक्ष विजय उपाध्यायको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा वीरगञ्ज – १२ का वडाध्यक्ष सुरेश प्रसाद गुप्ता, सल्लाहकार सिताराम साह कानु, रामअवतार साह कानु, तारा प्रसाद साह, धिरज साह कानुलगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!