०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

मङ्सिर ७ मा काठमाडौँ उपत्यकाको सुरक्षाबारे गृह मन्त्रालयमा छलफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर ०३, २०८०

(एबिसि संचार )                                                     काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक डाकिएको छ । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको छ ।मङ्सिर ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र युवा सङ्घले आयोजना गरेको प्रदर्शनबारे छलफल भइरहेको बैठकमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले बताए ।बैठकमा काठमाडौँ उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आकलन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!