०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी क्षतिको विवरण आउन बाँकी

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर ०३, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । ढाकाको लत्ताकपडा बजारको रूपमा परिचित बङ्गबजारमा आगलागी भएको ढाका ट्युविनले जनाएको छ।

बङ्गाबजार बजारमा लागेको आगो अहिले सडक नजिकैकै घरमा फैलिएको छ। हेलिकोप्टर, अग्नी नियन्त्रक र दमकलले आगो निभाउने प्रयास भए पनि आगो नियन्त्रणमा लिन सम्भव भएको छैन् । बङ्गबजारमा आगो नियन्त्रणमा लिँदा पानीको अभाव भएको छ । यो बजार गार्मेन्ट उत्पादन र विभिन्न प्रकारका कपडाका लागि परिचित छ ।

इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)का अनुसार बंगलादेश सेनाको संयुक्त सहयोग टोली, बंगलादेश वायुसेनाको एक सहयोगी टोली र एक हेलिकप्टर बाङ्गबजारमा आगो नियन्त्रणमा मद्दतमा खटाइएको छ। ​

यसैबीच, स्थानीय बासिन्दालाई सडक अवरोध नगरी दमकललाई सहयोग गर्न अगाडि आउन आग्रह गरिएको छ। आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन। आगलागीले कुनै मानवीय क्षति पनि भएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!