०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

रुपैडिया नाकाबाट १५ मुर्रा राँगा भित्रिने

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर ०५, २०८०

(एबीसि संचार )                                                        बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याउन लागिएको छ ।  भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए । नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको उनको भनाइ छ । भारतले १५ वटा राँगा पठाइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह प्रवक्ता तथा वरिष्ठ पशु चिकित्सक  डा. तपेन्द्र प्रसाद बोहराले बताए । उनका अनुसार बिहीबार नेपालगन्जस्थित रुपैडिया–जमुनाहा नाकाबाट उक्त मुर्रा राँगा भित्रिने छन् । उन्नत जात मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरूप ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगन्ज र लहान) मा राखिने छ । पोखरा, नेपालगन्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!