२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरीद्वारा ८ राउण्ड हवाई फायर

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर ०५, २०८०

(एबिसि संचार )

बारामा पचरौता नगरपालिकाको वडा नम्बर ७ बेनौलीमा मेला लगाउने विषयलाई लिएर एके गाउँका दुई समुहचीच झडप भएको छ ।

भगवान हनुमानजीको मेला लगाउन सोमवार राती १० बजे बसेको बैठकमा मेलाको नेतृत्व गर्ने विषयमा ढुङ्गा मुढा भई झडप हुदा स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको हो ।  प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार भिडलाई सामन्य गरि मेला लगाउन वतावरण मिलाइएको थियो । तर पछि ब्रहमबाबाको पुजा चल्दै गरेको अवस्थामा वडा नम्बर ७ बेनौलीका वडाध्यक्ष बनारसी मुखिया बिन र अर्को प्रभु पटेलबिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले करिब ११ बजे पुनः दुई राउन्ड हवाई फायर गरि भिडलाई तितरवितर गरेको गरेको थियो ।दुवै समुह आफ्नै अडानमा रहेकोले स्थिति झन तनावग्रस्त देख्दा पुनः ११ बजेर ४५ मिनेटमा गाउमा कुनै पनि अप्रिय घटना नघटोस भनेर ५ राउन्ड हवाई फायर गरिएको थियो । पुनः ११ बजेर ५५ मिनेटमा अर्को गल्लीबाट आएको भिडलाई तितरवितर गर्न एक राउन्ड गरि स्थितिलाई सामान्य गरिएको न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।