२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पाटनको मुख्य न्यायाधीशमा नृपध्वज निरौलाको सरुवा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर ०५, २०८०

(एबिसि संचार )                                                            उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नृपध्वज निरौलाको सरुवा भएको छ । उच्च अदालत दिपायलमा मुख्य न्यायाधीश रहेका निरौलालाई उच्च अदालत पाटनमा सरुवा गरिएको हो । यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुख्य रजिष्ट्रारबाट उच्च अदालतको मुख्य न्यायाधीशमा निरोलालाई नियुक्ति गरेका थिए । सर्वोच्च अदालतमा चोलेन्द्रविरुद्ध भएको आन्दोलनमा न्यायाधीशहरुलाई असहयोग गरेको भन्दै दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेपछि निरौलालाई उच्च अदालत दिपायलमा सरुवा गरेका थिए । हाल एकमात्रै मुख्य न्यायाधीश रहेपनि निलम्बित पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मान्छे भन्दै उनलाई सर्वोच्च अदालत आउन रोकिएको थियो । निरौलालाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएको भए उनी नहकुल सुवेदीपछि करिब ८ महिना प्रधानन्यायाधीश बन्न पाउने थिए । तर उनलाई छाडेर उनीभन्दा जुनियर चार जनालाई सर्वोच्चको न्यायाधीश बनाएपछि निरौला पछाडि परेका छन् । हालको रोलक्रम अनुसार सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारबाट मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका नहकुल सुवेदी २०९३ असार ७ गतेसम्म प्रधानन्यायाधीश बन्नेछन् । त्यसपछि २०९३ पुष ५ गतेसम्म टेकप्रसाद ढुङ्गाना प्रधानन्यायाधीश बन्न सक्नेछन् ।

आगामी नियुक्तिमा निरौला रोलक्रममा अगाडि रहने गरी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएमा बढीमा डेढ महिना प्रधानन्यायाधीश बन्न सक्नेछन् । २०२८ साल माघ २५ गते जन्मिएका निरौला सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएमा ६५ वर्षे उमेरहदका कारण २०९३ माघ २४ गतेसम्म प्रधानन्यायाधीश बन्न पाउनेछन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्चका न्यायाधीशहरुले विद्रोह गर्दा अन्य न्यायाधीशलाई असहयोग गरी चोलेन्द्रको मतियार बनेको भन्दै निरौलासँग सर्वोच्चका न्यायाधीशहरु रुष्ट रहेका थिए । सोही कारण उच्च अदालतका सबैभन्दा सिनियर र एकमात्रै मुख्य न्यायाधीश भएपनि निरौलालाई यसपटक सर्वोच्च अदालत आउनबाट रोकिएको हो ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]