२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंजको विद्यालयमा बिदा दिएर केपी ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर ०६, २०८०

 

(ABC-Sanchar)
पर्सा । नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओली उपस्थितिमा आयोजित एक राजनीतिक कार्यक्रमका लागि विद्यालयमा बिदा दिइएको छ । पर्साको पोखरिया नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको आम सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमका लागि विद्यालयमा बिदा दिइएको बुझिएको हो ।

पोखरिया ४ स्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियामा मङ्गलवार बिदा दिएर एमालेले आम सभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्दा विद्यार्थीहरू पढ्न पाउनु पर्ने अधिकारबाट वञ्चित भएका छन् ।

कार्यक्रमलाई पूर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली लगायत नेकपा एमालेका ठूलो नेताहरू योगेश भट्टराई, रघुवीर महासेठ लगायतले सम्बोधन गरेका थिए ।

पूर्व निर्धारित पार्टीको कार्यक्रमका कारण विद्यालयमा मङ्गलवार बिदा दिइएको थियो । विद्यालयहरूमा तिहार र छठ पर्वको बिदा मङ्सिर ४ गतेसम्म रहे पनि आम सभा र पार्टी प्रवेश कार्यक्रम कै कारण विद्यालयमा थप एक दिनका लागि बिदा दिइएको बुझिएको छ । कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहान र उपमेयर रुवी ठाकुर पनि सहभागी थिए ।

विद्यालयलाई शान्ति क्षेत्र र राजनीतिक दलको कार्यक्रम निषेधित क्षेत्र घोषणा गरिए पनि शीर्ष दल र शीर्ष नेता नै सहभागी भएको कार्यक्रम आयोजना हुँदा विद्यार्थीहरू मार्कामा परेका हुन् ।

विद्यालयमा तिहार र छठको बिदा नै रहेको पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानले दाबी गरे । तिहार र छठको बिदा मङ्सिर ४ गतेसम्म नै रहे पनि पार्टी कै कार्यक्रमका कारण एक दिन थप मङ्सिर ५ गते बिदा दिइएको भन्ने प्रश्नमा उनले त्यस्तो नभएको बताए ।

विद्यालय बन्द गरेर राजनीतिक दलको कार्यक्रम गर्नु उचित नभएको भनेर प्रश्न गर्दा उनले, ‘तपाईँहरूको काम नै यहीँ हो, भेटेर कुरा गर्नुहोला’ भन्दै फोन काटे ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय झाले पनि नगरपालिकाअन्तर्गतको सबै विद्यालयमा मङ्सिर ५ गतेसम्म बिदा दिइएको दाबी गरे । उनले छठ पर्वको भोली पल्ट विद्यालयमा विद्यार्थीहरूको उपस्थिति न्यून भएको कारण स्थानीय तहबाट थप एक दिन बिदा दिइएको बताए । श्री जिल्ला उच्चाङ्गल माविका प्रधानाध्यापक ओमप्रकाश रौनियारसँग सम्पर्क गर्न खोज्दा उनको फोन बन्द थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]