०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

भोलि हुने प्रदर्शनको मानवअधिकार आयोगले अनुगमन गर्ने

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर ०६, २०८०

(एबिसि संचार )

राष्ट्रिय मानवअधिकार आयोगले भोलि (मंसिर ७ गते) उपत्यकामा हुने प्रदर्शनको अनुगमन गर्ने भएको छ ।

स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न मानवअधिकार अयोगलाई बुधबार बुझाएको ज्ञापनपत्र ग्रहण गरेसँगै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो जनाएका हुन् ।उनले प्रदर्शनको निरीक्षण गर्न आयोगले विभागअन्तर्गत निरीक्षण गर्ने जानकारी दिए । कुनै किसिमबाट हिंसा भड्किन नदिन आयोगबाट सक्दो पहल गर्ने उनको भनाइ छ । उनले कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु नहुने पनि उल्लेख गरे ।

कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन । त्योअनुसार हामी अघि बढ्नुपर्छ । अब कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा सतर्क छौं । हुन नदिनेतिर हामी लाग्छौं । सम्बन्धित निकायलाई आह्वान गर्दछौं, सम्बन्धित निकायलाई सक्रिय बनाउँछौं,’ अध्यक्ष मगरले भने, ‘आयोगले गर्नुपर्ने मानवअधिकार संरक्षण, संवर्द्धन, प्रवर्द्धन हामी गर्नेछौं । जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौं ।’

अध्यक्ष मगरले आयोगले गर्नुपर्ने मानव अधिकार संरक्षण, संवर्द्धन, प्रवर्द्धनमा आफूहरु लागिपरेको जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!