२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मुर्रा राँगालाई भारतीय भन्सारले रोक्यो

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर ०६, २०८०

(एबिसि संचार )                                                       नेपालले अनुदानमा भारतबाट नस्ल सुधारका लागि ल्याइउन लागेको मुर्रा राँगालाई भारतीय भन्सारले रोकेकाे छ । बाँकेको नेपालगंजस्थित रुपैडिहा–जमुनाहा नाकाबाट आज भित्र्याइएने भनिएको १५ वटा मुर्रा राँगाको भन्सार अनुग्य पत्र (बिल) भारतीय भन्सारले माग गरेको हो ।अनुदानमा ल्याउन लागिएको ती राँगाको बिल नहुँदा भारतीय भन्सारले रोक लगाएको नेपालगंजस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा. विनय कुमार कर्णले बताए । राँगा दुईवटा ट्रकमा ल्याइउन लागिएको हो । भारतस्थित पन्जाबबाट पुनः बिल बनाएर ल्याउनु पर्ने भएकाले ती राँगालाई भारतीय भन्सारमा नै राखिएको छ । सो बिल आएपछि भारतीय भन्सारले राँगालाई पठाउने तयारी गरेको कर्णले बताए । उन्नत जातका मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरुप ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा राखिने छ । पोखरा, नेपालगञ्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।