०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुले दायर गरेको रिटमा सुनुवाइ हुँदै

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । मंगलबारदेखि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो । तर, बुधबार पनि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको १९ जना अभियुक्त र सरकारी पक्षले दायर गरेको दुईवटा रिटमा आज पनि सुनुवाइ हुने भएको हो ।

सरकारी पक्षले जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेका टंक गुरुङ र केशव तुलाधरलाई प्रतिवादी बनाउँदै निवेदन दर्ता गरेको छ ।

यता अभियुक्तहरु पूर्व गृहमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, इन्द्रजित राई, हरिभक्त महर्जन, सन्देश शर्मा, शमशेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल सागर राई र रामशरण केसी काठमाडौं अदालतको थुनामा पठाउने आदेशविरुद्ध उच्च पुगेका हुन् ।

यसैगरी, जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंकबहादुर गुरुङलाई धरौटीमा रिहा गरे पनि उनीहरू पनि उच्च पुगेका हुन् । जिल्ला अदालतबाट भएको थुनामा पठाउने आदेश बदर हुनुपर्ने माग उनीहरुको माग छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!