२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

दुर्गा प्रसाईं समर्थक धमाधम पक्राउ पर्दै

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर ०८, २०८०

(एबिसि संचार )

मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ का समर्थकहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

प्रसाईंको आह्वानमा शुक्रबार प्रदर्शनका लागि तीनकुने पुगेका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हालसम्म २६ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन माइतीघरमा लगिएको छ ।यसअघि बिहीबारको आन्दोलनमा ढुंगामुडा गर्ने ७ जनालाई प्रहरीले आज बिहानै पक्राउ गरेको थियो । उनीहरुलाई भने मुद्दा चलाउने प्रहरीको तयारी छ । तर प्रदर्शनका लागि तीनकुनेमा पुगेकाहरुलाई भने प्रहरीले त्यहाँ प्रदर्शन नगर्नको लागि मात्रै नियन्त्रणमा लिएको हो ।यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईं समूहलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति नदिएको बताएको थियो । प्रशासनको बिना अनुमति प्रदर्शन गर्न पुगेपछि प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो । प्रसाईं भने भक्तपुरस्थित निवासमै नजरबन्दमा परेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।