२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेको नेपालगन्ज धम्बोजी चोकमा ट्याङकरको ठक्करबाट १ युवतीको मृत्यु १ जना घाइते

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर ११, २०८०

 

(ABC-Sanchar)
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर बस्ने वर्ष १७ की सालिनी पाठकको मृत्यु भएको हो।

नेपालगञ्ज १ धम्बोझीमा करिब ६ बजेको समयमा नेपालगञ्ज १७ परस्पुर बस्ने दिलिप कुमार पाठकले चलाएको भे ११ प ७६५७ नं. को मोटरसाइकललाई ना ३ ख ८८५२ नं. को डिजल बोकेको ट्याङकरले ठक्कर दिएको हाे । ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकका छोरी पछाडि सवार सालिनी पाठक घाईते भई उपचारका लागि भेरी अस्पताल नेपालगंज बाँकेमा पठाएकोमा डाक्टरले चेकजाच गर्दा ६:१५ मा मृत घोषणा गरेको हाे । मृतकको शव नर्सिङहोम नेपालगंजमा राखिएको प्रहरीले जनाएको छ।

यस्तै मोटरसाइकल चालकको नर्सिङहोम नेपालगंज बाँकेमा उपचार भईरहेको छ । उनकाे दाहिने हात र खुट्टामा चोट फागेकाे छ । उनकाे अवस्था सामान्य रहेको छ ।

ट्याङ्कर चालक बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ शान्ति टोल बस्ने बर्ष ३१ को राजेश शर्मालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।