०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

जुम्ला विमानस्थल विस्तार गर्न एक सय ८३ रोपनी जग्गा अधिग्रहण सुरु

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर ११, २०८०

 

(ABC-Sanchar)
जुम्ला । सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए ।

जग्गा अधिग्रहणका लागि जुम्ला विमानस्थल कार्यालय प्रमुख अधिकारीलाई ‘अधिकार प्राप्त प्रारम्भिक कारबाही चलाउने अधिकारी’ तोकिएको जुम्ला विमानस्थल कार्यालयले जनाएको छ ।

जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यको लागि विमानस्थलको उत्तर र पूर्वतर्फ करिब एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गरिएको हो ।

प्राधिकरणलाई स्कीकृति प्रदान गर्ने भनी नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८० जेठ २ गते निर्णय भएको ब्यहोरा उल्लेख गरिएको छ ।

निर्णय कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विसं २०८० जेठ १० गतेको पत्रमार्फत लेखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले विसं २०८० जेठ २३ गतेको पत्रअनुसार जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ (२) बमोजिम जुम्ला नागरिक उड्डयन कार्यालयका प्रमुखलाई प्रारम्भिक अधिकारी तोकी प्रारम्भिक कारबाही चलाउने र प्रारम्भिक अधिकारीले सम्बन्धित सरोकारवाला व्यक्तिको जानकारीका लागि सूचना दिनुपर्ने व्यवस्था अनुसार पत्र सार्वजनिक गरिएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही यतिबेला एउटा नामले निकै चर्चा बटुलिरहेको छ—सबिन प्रियासन । सम्भवत: नेपालमै पहिलोपटक कुनै व्यक्तिले स्थानीय तह निर्वाचन हुनुभन्दा धेरै अगाडि नै खुलेर मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि घोराही मात्र होइन, अन्य पालिकामा समेत राजनीतिक बहसले नयाँ मोड लिएको देखिन्छ। प्रियासनको उम्मेदवारी घोषणा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा भाइरल बनेको छ। अहिले […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

error: Content is protected !!