०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

भारतको गुजरातमा भारी वर्षा चट्याङका कारण १३ जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर ११, २०८०

(ABC-Sanchar)
काठमाडौं । भारत गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ। गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्।

चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ भने अहमदावाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १–१ जनाको मृत्यु भएको छ । अमरेलीमा करेन्ट लागेर १६ वर्षीय बालकको मृत्यु भएको छ।

राज्यमा चट्याङका कारण पशुपन्छीको मृत्यु भएको खबर पनि आएको छ। हालसम्म ३९ जनावरको मृत्यु भइसकेको छ। खेडामा सबैभन्दा बढी १५ जनावरको मृत्यु भएको छ।

वर्षाको कुरा गर्दा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रदेशका २२९ तालुकमा पानी परेको छ। ६५ तालुकमा १ इन्चदेखि ४ दशमलव ४ इन्चसम्मको वर्षा भएको छ । सुरेन्द्रनगरमा सबैभन्दा बढी ४ इन्च वर्षा भएको छ । सुरत सहरमा साढे तीन इन्च, भाभर र राधनपुरमा साढे दुई इन्च वर्षा भएको छ।

सौराष्ट्र र उत्तरी गुजरात सहित लगभग सम्पूर्ण राज्यमा बेमौसमी वर्षा भएको छ। सौराष्ट्रका केही स्थानमा सबैभन्दा बढी पानी परेको छ। यहाँ राजकोट जिल्लामा राजमार्गमा यति धेरै असिना पर्‍यो कि केही समयको लागि कश्मीर जस्तै बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिँउ झै अचानक भारी असिना परे पछि गाडीबाट हिँडेका मानिसले सेल्फी लिन थाले। जसका कारण सडकमा सवारीसाधनको लामो लाइन लागेर जामसमेत भएको थियो । यस वर्षाका कारण कृषकलाई ठूलो नोक्सान भएको अनुमान गरिएको छ, यद्दपी त्यसको विवरण भने आउन अझै बाँकी रहेको छ।

यो वर्ष विपर्जोय चक्रवातका कारण सौ राष्ट्रले ठूलो क्षति बेहोर्नुपरेको थियो । यस अवधिमा धारी, अमरेली, जुनागढ र सावरकुण्डलाका ग्रामीण भेगमा मेघ गर्जनसहित वर्षा भएको छ । यो बर्षाका कारण गाउँलेहरु आफ्नो बालीनालीको चिन्तामा परेका छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही यतिबेला एउटा नामले निकै चर्चा बटुलिरहेको छ—सबिन प्रियासन । सम्भवत: नेपालमै पहिलोपटक कुनै व्यक्तिले स्थानीय तह निर्वाचन हुनुभन्दा धेरै अगाडि नै खुलेर मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि घोराही मात्र होइन, अन्य पालिकामा समेत राजनीतिक बहसले नयाँ मोड लिएको देखिन्छ। प्रियासनको उम्मेदवारी घोषणा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा भाइरल बनेको छ। अहिले […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

error: Content is protected !!