०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कार्वाहीको मागसहित अवरुद्ध सडक खुल्यो

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर १२, २०८०

 

(ABC-Sanchar)
बाँके । नेपालगन्जको धम्बोझी चोकमा टायर बालेर अवरुद्ध गरेको सडक प्रहरीले खुलाइएको छ । आइतबार ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार १७ बर्षीया बालिका सलोनी पाठकको घटनास्थलमै मृत्यु भएको थियोे ।

‘पीडित पक्षले क्षतिपूर्ति र चालकलाई कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गर्नु भएको थियो ।’ हामीले चालकलाई नियन्त्रणमा लिइसकेका छौं, कानुन बमोजिम कार्वाही हुन्छ र उहाँहरूले क्षतिपूर्ति पाउनु हुन्छ।’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

आइतबार बेलुकी करीब ६ बजेतिर जेब्राक्रसिङ्गमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ थुकैलागाउँ निवासी दिलीप पाठकले चलाएको भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ना ३ ख ८८५२ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । ठक्करबाट बालिकाका बुवा दिलीप पाठक घाइते भएका छन । उनको अहिले उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही यतिबेला एउटा नामले निकै चर्चा बटुलिरहेको छ—सबिन प्रियासन । सम्भवत: नेपालमै पहिलोपटक कुनै व्यक्तिले स्थानीय तह निर्वाचन हुनुभन्दा धेरै अगाडि नै खुलेर मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि घोराही मात्र होइन, अन्य पालिकामा समेत राजनीतिक बहसले नयाँ मोड लिएको देखिन्छ। प्रियासनको उम्मेदवारी घोषणा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा भाइरल बनेको छ। अहिले […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

error: Content is protected !!