०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

भारतीय नम्बर प्लेटको गाडीमा महामन्त्री डा धवलशमशेर राणा सिंहदरबार पसेपछि.

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १४, २०८०

(एबिसि संचार )                                                      राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशमशेर राणा बिहीबार भारतीय नम्बर प्लेटको गाडीमा सिंहदरबार पुगेका छन् । भन्सार अनुमतिको म्याद सकिएको भारतीय नम्बर प्लेटको गाडीमा उनी सिंहदरबार पुगेका हुन् । सिंहदरबारस्थित समितिको बैठकमा सहभागी हुन उनी नियमविपरीत उक्त गाडीमा गएका थिए । उनी भन्सार अनुमति पास समेत नभएको गाडीमा गएको पाइएपछि प्रहरीले राणासहित गाडीलाई बाहिर निकालेको जनाइएको छ । राणाले आफ्नो नातेदारहरु गाडीमा भारतबाट आएको र सोही गाडीमा आफू सिंहदरबार गएको बताए । ‘नातेदारहरु भारतबाट आएका थिए । गाडीको भन्सार थप्नु थियो । त्यही गाडी लिएर सिंहदरबारको मिटिङमा आएको थिएँ’, उनले भने, ‘मलाई के थाहा ल्याउन मिल्छ कि मिल्दैन ?’उनले आफूले यसबारे थापा पाएपछि दुई दिनको भन्सार अनुमतिपत्र गराएको जानकारी दिए । ‘कस्टमको म्याद आजसम्मको थियो । भोलिपर्सीका लागि थप्नु थियो । पहिला सिंहदरबार गएर कस्टम अफिस जान्छु भन्ने थियो । कमिटीको बैठकस्थल बाहिर राखेको थिएँ । बाहिर गरिदिएका रहेछन् ।’प्रहरी स्रोतका अनुसार विशेष परिस्थितिबाहेक भारतीय नम्बर प्लेटको गाडी सिंहदरबार प्रवेश दिइने छैन । अर्को कुरा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा विदेशमा दर्ता भएको सवारी प्रचलित कानून बमोजिम अनुमति नलिइ नेपालभित्र चलाउन नपाइने र त्यसो गरेमा १ हजारदेखि पाँचहजार रुपैयाँसम्म जरिवाना लिने उल्लेख छ ।विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउने अनुमति मागेमा अधिकार प्राप्त अधिकारीले तोकिएको दस्तुर लिइ बढीमा एक महिनासम्मको लागि त्यस्तो सवारी चलाउने अनुमति दिन सक्ने छ । तर सो अवधि पनि राणा सवार गाडीले गुजारेको बताइएके छ ।          (रातो पाटीबाट )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!