(एबिसि संचार ) सिराहाबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले बुधवार राति करिब ९ बजेको समयमा ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्र चोकबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय सञ्जय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।