२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरीको घुमुवा बनेर पैसा उठाउने नक्कली घुमुवा प्रहरी पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर १५, २०८०

 

ABC (क्राईमबिट)
पर्सा । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.८ लक्ष्मीपुरका ५५ वर्षिय गोबिन्द महतो कोईरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका कोईरीले ५/६ महिना देखि `म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ´ भन्दै पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२३ हरपतगञ्ज स्थित ब्यापारीहरुसँग महिनावारी रुपमा रकम उठाईरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा कार्यालय र प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले कोईरीलाई बुधबार दिउँसो विरगन्ज उपमहानगरपालिका वडा नं.२३ सुगौली विर्ता केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।