(ABC-Sanchar)
बर्दिया । मधुवन नगरपालिका वडा नम्बर ३ स्थित गौरी सामुदायिक वन नजिकै घाँस काट्ने क्रममा गैँडाको आक्रमणबाट सोही ठाउँका ७० बर्षीय गहनु थारु गम्भीर घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिए ।
थारुलाई बर्दियामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको बर्दिया जिल्ला अस्पतालले जनाएको छ ।
थारुको हात र पिठ्युँमा गहिरो घाउ भएको बताइएको छ ।