२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एनिमल हिन्दी फिल्मले शुक्रबार नेपालमा १.५० करोड नेरुको ओपनिङ गर्‍यो

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर १६, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । रणवीर कपुर स्टारर ‘एनिमल’ले भारतमा ६३.८० करोड भारु नेट ओपनिङ गरेको छ । जसमा हिन्दी संस्करणबाट ५४.७५ करोड भारु र दक्षिण भारतीय संस्करणबाट ९.०५ करोड भारु छ ।

बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्म रणवीरको अहिलेसम्मकै उच्च ओपनिङ हो । कुनै बिदा नभएको, कुनै श्रृखला नभएको, सुपरस्टार केमियो नभएको, एडल्ट सर्टिफिकेट, ३ घण्टा लामो रनटाइम र अर्को फिल्मसँग भिडेपनि ‘एनिमल’को उक्त कमाइ आक्रामक हो ।

‘एनिमल’ बलिउड फिल्म इतिहासमा तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म हो । ‘जवान’ले ६५.५० करोड भारु, ‘पठान’ले ५५ करोड भारु र ‘एनिमल’ले उक्त कमाइ गरेका हुन् । ओपनिङ कमाइमा एनिमलले केजीएफ २ र वारलाई पनि उछिनेको छ ।

‘एनिमल’ले शुक्रबार नेपालमा १.५० करोड नेरुको ओपनिङ गरेको छ । शनिबार पनि ओपनिङ हाराहारीमै कमाइ हुने देखिन्छ । दुई दिनमा फिल्मको कमाइ ३ करोड नेरु हुने प्रक्षेपण गरिएको छ ।

तर, विक्की कौशल स्टारर भारतीय फिल्म ‘साम बहादुर’ले सकारात्मक समीक्षा प्राप्त गरेपनि नेपालमा खराब ओपनिङ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।