२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसको प्रदेश सम्मेलनमा सम्मान

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर १७, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाँदा समेत निलम्बन नगरेको नेपाली कांग्रेसले उसलाई सम्मान गर्न थालेको छ ।

कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलन शनिबार बुटबलमा सुरु भएको छ, जहाँ खाँणलाई सम्मान गरिएको छ ।

कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले खाँण लुम्बिनी प्रदेशको अभिभावक भएको बताए । ‘आदरणीय हाम्रा नेता, राजनीतिक रुपमा यस प्रदेशका अभिभावक, आर्थिक रुपमा राजनीतिक रुपमा जहिले पनि अभिभावकत्व निर्वाह गने दाजु आज हाम्रा सामु हुनुहुुन्न बालकृष्ण खाँणज्यू, उहाँको सम्मानपत्र ग्रहण गरिदिनुहुन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाँणज्यूलाई हार्दिक अनुरोध गर्दछु’ उनले भने ।

सम्मानपत्र लिन बालकृष्णका भाइ रामकृष्ण मञ्चमा गएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले खाँणलाई सम्मानपत्र प्रदान गरे भने केन्द्रीय सदस्य शेखर कोइरालाले रामकृष्ण खाँणलाई खादा ओढाए ।

मञ्चमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर पनि थिए । यद्यपि खाँणलाई सम्मान गर्दा उनीहरु भने उठेनन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँण २७ वैशाखमा पक्राउ परेका थिए भने १ असारमा जिल्ला अदालत, काठमाडौंले खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । पक्राउ गरेसँगै खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको थियो । पुर्पक्षका लागि थुनामा गएपछि साउनमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापासहितका केही नेताले निलम्बनको माग गरेका थिए ।

तर कांग्रेसले निलम्बन गरेन । पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध खाँणले गरेको पुनरावेदन निवेदनमा शुक्रबार उच्च अदालत, पाटनमा संयुक्त इजलासका न्यायाधीशबीच राय बाझियो । अब तेस्रो न्यायाधीशको इजलासमा खाँणको मुद्दा जानेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]