२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ट्रकको ठक्करबाट मेजर गणेश राईको मृत्यु

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर १७, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । बेलायत बुधबार (नोभेम्बर २९) का दिन दिउँसो करिब सवा १ बजे एमथ्री जक्सन फाइब हुन नजिकै भएको दुर्घटनामा उनको निधन भएको हो ।

गणेश राईले हाँकिरहेको बीएमडब्ल्यू र अर्को कार ठोक्किएपछि दुवै कार मूलबाटो छोडेर किनारामा रोकिएको थियो । आफ्नो कारबाट बाहिर निस्केको बेला मालबाहक ट्रकले हानेर राईको मृत्यु भएको बेइजिङस्टक गजेटले जनाएको छ । प्रहरीले घटनाबारेमा सिसिटिभी फुटेज कसैसँग भए उपलब्ध गराउन अपिल गरेको छ ।

पुर्ख्याैली घर भोजपुर भएका आर्मी नम्बर २११६८८६० का ५० वर्षीय राई टुआरजीआरमा कार्यरत थिए । ३२ वर्ष सेवा गरेपछि उनी केही महिनाअघि मात्र सेवाबाट अवकास पाएका थिए । उनी हाल ब्राकनेलमा बस्दै आएका थिए । राईको श्रीमती र दुई छोरी छन् ।

किरात राई यायोख्याका कार्यबाहक महासचिव ईश्वर चाम्लिङ राईका अनुसार मेजर गणेश राई कला, साहित्य र संगीत भनेपछि हुरुक्क हुन्थे । राईमा आफै बजाउने, गाउने र नाच्ने बहुमुखी प्रतिभा थियो । आपसमा फरक–फरक विचार भए पनि सबैलाई काम गर्न सक्ने साझा मञ्च बनाउन सकिन्छ भन्ने विचार राईमा रहेको चाम्लिङ सम्झिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]