२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा तस्करीको समान सहजै निकासी महिलाले किनमेल गरेको सामान सशस्त्र प्रहरीद्वारा लछारपछार

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर १७, २०८०

 

ABC (क्राईमबिट)
बाँके । जमुनाह नेपालगन्ज सडक खण्डको चौलिका चोकमा बबाल भएको छ । अवैध चोरी पैठारी नियन्त्रणका लागि भनेर चौलिका चोकमा चेक पोष्ट बनाएको सशस्त्र प्रहरीले एक जना महिलाले ल्याउँदै गरेको सामान जवरजस्ती नियन्त्रणमा लिएपछि करिव एक घण्टा बबाल भएको हो ।

ति महिलाको समर्थनमा स्थानीय र सामान किनमेल गरेर फर्किदै गरेका यूवाको समुहले जमुनाहबाट आउने सवारी साधनलाई रोकेर सडक अवरुद्ध पारेका थिए । सशस्त्र प्रहरीले आफ्ना र तस्करीको सेटिङ लिएका ब्यक्तिलाई छाडेर सर्वसाधारणलाई दुख दिएको आरोप लगाएका थिए ।

सशस्त्र प्रहरीका घुमुवा असई सोमराज शर्माले तस्करको नाम जमुनाह, भन्सार र चौलिका चोकमा खटिने सशस्त्र प्रहरीलाई सूचना दिने र सोही सूचनाको आधारमा नाकामा खटिने सशस्त्र प्रहरीले लाइन लिएकालाई छाड्ने गरेका छन् । भारतबाट किनमेल गरेर फर्किने सवैलाई समान ब्यवहार गर्न ति यूवाको माग थियो । ‘लाइन लिएकालाई एउटा र नलिएकालाई अर्को ब्यवहार गर्न भएन, सवैलाई समान ब्यवहार र कानुन लगाउनु पर्यो,’ चौलिका चोकमा भेटिएका एक यूवाले भने, ‘यहाँ त पहुँचवालालाई मस्ती, नहुनेलाई सास्ती भएको छ ।’ सशस्त्र प्रहरीले महिलाका सामान जवरजस्ती खोस्न थालेपछि एकछिन लुछालुछ समेत भएको थियो ।

ति महिला सशस्त्र प्रहरीको ड्यूटी पोष्टसम्म पुगेर आफ्नो सामान नियन्त्रणमा नलिन हारगुहार गरेकी थिइन् । तर, उनको हारगुहार सशस्त्र प्रहरीले सुन्ने त के उनलाई लछारपछार गरेको थियो । ‘महिला र सशस्त्र प्रहरी वीच सामान लुछालुछ भएको देख्दा लाज लाग्यो, त्यो दृष्य देख्दा फिल्म जस्तै लाग्थ्यो,’ एक प्रत्यक्षदर्शीले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]