०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

धरौटीमा छाड्न आदेश दिएका शरणार्थी प्रकरणका ३ सहित ४ आरोपी आइतबार पनि रिहा भएनन्

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर १७, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार महर्जनले १५ लाख, मियाँ र केसीले १०-१० लाख रुपैयाँ धरौटी बुझाएका थिए । तर उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ ।

उनीहरुलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएकाले आइतबार रिहा नभएका केन्द्रीय कारागार स्रोतले जानकारी दिएको छ । शुक्रबार उच्च अदालतले आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । उनलाई पनि अख्तियार र सम्पत्ति शुद्धीकरणमा बुझाउनुपर्ने भएकाले रिहा नगरेको केन्द्रीय कारागार स्रोत बताउँछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएकामध्ये नौं जनालाई उच्च अदालतले थुनामा नराख्न आदेश दिएको छ । टोपबहादुर रायमाझी, इन्द्रजित राई, आङटावा शेर्पा लगायत नौं जनालाई थुनामा नै राख्न आदेश दिएको छ । त्यस्तै बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशको इजलासमा पुनः सुनुवाइ हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!