(ABC-Sanchar)
काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २८) मा सहभागी हुन गत बुधवार संयुक्त अरब इमिरेट्स दुबई गएका प्रधानमन्त्री ‘प्रचण्ड’ आज साँझ साढे ६ बजे काठमाडौँ आइपुगेका हुन्।
सम्मेलनमा प्रधानमन्त्री ‘प्रचण्ड’ शुक्रबार र शनिबार विभिन्न बैठकहरूमा सहभागी भएका थिए।
शनिबार उनले कोप २८ लाई सम्बोधन गर्दै विकसित देशहरूका कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको बताएका थिए।