२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भारतीय कलाकार अजय देवगन सुटिङको क्रममा घाइते

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर १८, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । दिल्ली अजय देवगन आफ्नो आगामी फिल्म सिंघम अगेनका कारण लगातार चर्चामा छन् । हालै फिल्मका केही पोस्टर सार्वजनिक गरिएको थियो । यी पोस्टरहरूलाई हेरेर फिल्मप्रति दर्शकहरूको उत्साह बढेको छ ।

अजय अचेल यही फिल्मको सुटिङमा व्यस्त छन् । फिल्मको एक्सन सिक्वेन्स सुटिङको बेलामा अजय घाइते भएको खबर आएको छ । निर्देशक रोहित शेट्टी र उनको टिमले हालै विले पार्लेमा फिल्मको सुटिङ गरेका थिए । त्यहाँ एक्सन सिनको सुट भइरहेको थियो । त्यही बेलामा अजयको आँखामा चोट लाग्यो । लडाइँको दृश्य सुटिङ भइरहेको बेलामा झुक्किएर अजयको अनुहारमा लाग्दा आँखामा चोट लागेको बताइएको छ ।

सुटिङबाट केही घण्टा ब्रेक लिएर अजयले चोटको उपचार गराए । यो बिचमा खलनायकको दृश्य सुट भयो । आँखाको चोटको उपचार गरेर अजयले केही घण्टापछि सुटिङ पुनः सुचारु गरे । अजय सकेसम्म आफ्नो काममा कुनै असर पर्न दिँदैनन् । सिंघम अगेनमा स्टार कास्टको भिड छ ।

फिल्ममा अजयबाहेक करिना कपुर र दीपिका पादुकोण पनि छिन् । यसबाहेक रणवीर सिंह र अक्षय कुमार पनि महत्त्वपूर्ण भूमिकामा छन् । फिल्ममा टाइगर श्रौफ पनि देखिनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]