०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

भारतमा भारी वर्षा र तीव्र आँधीका कारण ६ जनाको मृत्यु केही बेपत्ता

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर १९, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। आँधीका कारण चेन्नाइ शहरका धेरै आवासीय क्षेत्रहरु बाढी पसेर जलमग्न भएको छ। कारहरु बगेका छन् भने रुखहरु उखेलिएका छन्।

आँधी र बाढीकै कारण भारतकै सबैभन्दा व्यस्त विमानस्थल चेन्नइको विमानस्थल हिजो संचालन हुन सकेन । चेन्नई प्रहरीले हालसम्म ६ जनाको मृत्यु भएको जनाएको छ । आँधीका कारण संरचनाहरु ढल्दा र करेन्ट लागेर मानिसको मृत्यु भएको हो ।

भारी वर्षाका कारण चेङ्गलपट्टु शहरमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको समाचार छ । मिचुङ नामक आँधी आज विहान आन्ध्र प्रदेशबाट जमिनमा अवरतण गर्ने अनुमान गरिएको छ । यसको गति १ सय १० किलोमिटर प्रतिघन्टा रहनेछ ।

आँधीले बढी असर पुर्‍याउने आन्ध्र प्रदेश र तामिलनाडुका विद्यालय, कलेज, बैंक लगायतका सार्वजनिक निकायहरु हिजै देखि बन्द गरिएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!